झापामा राहदानीबाटै एक वर्षमा साढे आठ करोडभन्दा बढी राजस्व सङ्कलन

झापा: राहदानीबाट एक वर्षमा आठ करोड ६५ लाख राजस्व सङ्कलन भएको छ। आर्थिक वर्ष २०७८/०७९ मा जिल्ला प्रशासन कार्यालयले राहदानीबाट आठ करोड ६५ लाख १५ हजार राजस्व सङ्कलन गरेको जिल्ला प्रशासन कार्यालय झापाका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले बताए।
सो अवधिमा ११ हजार ७४६ राहदानी बनाएको न्यौपानेले बताए। आव २०७७/७८ मा ६ हजार १८८ राहदानी बनाएइको थियो। यसबाट राजस्व रु तीन करोड ३५ लाख ३६ हजार, आव २०७६/७७ मा रु तीन करोड ८९ लाख ८५ हजार राजस्व सङ्कलन भएको थियो।
कोभिड–१९ सुरु भएपछि रोकिएको विदेश भ्रमण पनि अहिले सहजरूपमा सञ्चालन भएकाले राहदानी बनाउन आउनेको सङ्ख्या बढेको हो। उनका अनुसार राहदानी बनाउन आउनेमा धेरै युवा छन्।
त्यसमा पनि वैदेशिक रोजगारी र उच्च शिक्षाका लागि विदेश जानेबाट राहदानीका लागि धेरै आवेदन आउने गरेका छन्।
भदौ २५, २०७९ शनिबार ०७:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।