शनिबारको मौसम: लुम्बिनी र बागमती प्रदेशमा भीषण वर्षाको सम्भावना

शनिबारको मौसम: लुम्बिनी र बागमती प्रदेशमा भीषण वर्षाको सम्भावना

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले आज देशका बागमती र लुम्बिनी प्रदेशमा भीषण वर्षाको सम्भावना रहेको जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित छ। 

यतिबेला लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशको पहाडी भू-भागका केही स्थानहरूमा र  बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भीषण वर्षाको सम्भावना रहेको छ।

आज राति पनि यही मौसम प्रणाली रहनेछ।

भदौ २५, २०७९ शनिबार ०७:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।