१५२ कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु

१५२ कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु

काठमाडौंः पछिल्लो २४ घण्टामा थप १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

३ हजार २९४ नमूना परीक्षण गर्दा १५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट २ जनाको मृत्यु भएको छ।

शुक्रबार १३३ जना कोरोना संक्रमणमुक्त हुँदा देशभर सक्रिय संक्रमितको संख्या दुई हजार ४४८ पुगेको छ।

भदौ २४, २०७९ शुक्रबार १६:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।