सिट बाँडफाँटमा सत्ता गठबन्धन सहमति नजिक

सिट बाँडफाँटमा सत्ता गठबन्धन सहमति नजिक
फाइल तस्बिर

काठमाडौंः सत्तारुढ गठबन्धनमा आबद्ध दलहरू मंसिर ४ गते हुने निर्वाचनका लागि सिट बाँडफाँटमा सहमतिको नजिक पुगेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको गठबन्धन सिट बाँडफाँट कार्यदलकाे बैठकमा सिट बाँडफाँटका विषयमा द्विपक्षीय र त्रिपक्षीय छलफल भएको कार्यदलका सदस्य एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

बैठकमा चुनावी तालमेल र सिट बाँडफाँटका सम्बन्धमा हालसम्म भएका सहमति र असहमतिबारेमा छलफल भएको बताइएको छ।

दलहरूलाई प्राप्त मतअनुसार र केही राजनीतिक विषयलाई समेत मध्यनजर गरी सबै दललाई सम्मानजनक र न्याय हुने उनले बताए।

कार्यदलले शीर्ष नेतृत्वलाई बिहीबार प्रतिवेदन बुझाउने भनिए पनि नेताहरूको व्यस्तताका कारण प्रतिवेदन बुझाउन नसकेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए।

बैठक भोलि दिउँसो ३ बजे पुनः बस्ने र थप छलफल हुने उनले बताए।

भदौ २३, २०७९ बिहीबार २१:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।