सन्दीप लामिछाने राष्ट्रिय टिमबाट निलम्बित

सन्दीप लामिछाने राष्ट्रिय टिमबाट निलम्बित

काठमाडौंः नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ।

क्यानको कार्यसम्पादन समितिको बैठकले निर्णय गर्दै उनलाई राष्ट्रिय टिमबाट निलम्बन गरिएको कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले जानकारी दिए।

उनीविरुद्ध नाबालिग बलात्कारको आरोपमा मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो भने बिहीबार जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी पनि जारी गरेको थियो।

भदौ ५ गते राति एक किशोरीसँग होटलमा सँगै बिताएपछि भदौ ६ गते सन्दीप केन्या उठेका थिए।

भदौ २३, २०७९ बिहीबार १९:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।