प्रधानमन्त्री बनेर अर्थतन्त्र सुधार्ने दाहालको धोको

प्रधानमन्त्री बनेर अर्थतन्त्र सुधार्ने दाहालको धोको

काठमाडौंः माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनपछि प्रधानमन्त्री बनेर अर्थतन्त्र सुधार इच्छा राखेका छन्।

बिहीबार नेपाल उद्योग परिसंघले आयोजना गरेको दुई दिने पूर्वाधार सम्मेलनमा दाहालले प्रधानमन्त्री बनेपछि अर्थतन्त्रलाई सुधार गर्ने बताए।

देश विकासको लागि वातावरण तयार भएको उल्लेख गर्दै दाहालले निर्वाचनपछि देशको आर्थिक विकासमा ध्यान केन्द्रित गर्ने बताए।

अध्यक्ष दाहालले राजनीतिक स्थिरतापछि सम्पूर्ण जीवन आर्थिक समृद्धिमा समर्पण गर्ने भन्दै निर्वाचनपछि आफ्नो नेतृत्वमा पुनः देशलाई आर्थिक विकासको गति दिन ऐन कानूनमा आवश्यक सुधार र संशोधन गर्ने प्रतिवद्धता जनाए।

अध्यक्ष दाहालले वर्तमान अवस्थामा निजी क्षेत्रको सहभागिता र विश्वास नलिकन देशले आर्थिक विकास र समृद्धिको यात्रालाई गति दिन नसक्ने बताए।

भदौ २३, २०७९ बिहीबार १९:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।