भवनको ९० दिन र सीमा पर्खालको ३५ दिनभित्र नक्सा पास गर्न काठमाडौं महानगरको आग्रह

काठमाडौंः काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी बनेका घर तथा भवन र सीमा पर्खालको नक्सा पास गर्न आग्रह गरेको छ।
बिहीबार महानगरले सार्वजनिक सूचना प्रकाशित गर्दै ९० दिनभित्र घर तथा भवनको तथा ३५ दिनभित्र सीमा पर्खालको नक्सा पास गर्न आग्रह गरेको हो।
‘मापदण्ड अनुकूल रहेका तर, नक्सा पास नगरी बनेका भवन वा घरको नक्सा ९० दिनभित्र र सीमा पर्खालको नक्सा ३५ दिनभित्र पास गर्न अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ।
महानगरको शहरी व्यवस्थापन विभागले नक्सा पास नगरी बनेका संरचना तोकिएको समयभित्र नक्सा पास नगरेमा कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ।
महानगरले दिएको समयमा काम नभएमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ र प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड, संहिता र कार्यविधि तथा कार्यालयको निर्णयअनुसार कारबाही गर्ने महानगरको चेतावनी छ।
भदौ २३, २०७९ बिहीबार १९:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।