कोरोना सङ्क्रमित भएपछि तारेखमा प्रहरी हिरासतमुक्त भए अपूर्व

काठमाडौँ : स्ट्यान्डअप कमेडीको सामाग्रीले नेवार समुदायको संस्कृतिको अपहेलना गरेको आरोपमा ११ दिनदेखि प्रहरी हिरासतमा रहेका कमेडियन अपूर्व क्षितिज सिंह कोरोना सङ्क्रमित भएपछि तारेखमा राखिएको छ।
काठमाडौँ प्रहरी परिसरको हिरासतमा रहेका उनलाई बुधबारमात्र अदालतले थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो। बुधवारै अस्वस्थ भएर वीर अस्पताल लगिएको उनमा कोरोना सङ्क्रमण देखिएपछि जिल्ला न्यायाधीवक्ताको कार्यालय काठमाडौँले उनलाई तारेखमा छाडेको हो।
कोरोना सङ्क्रमण मुक्त भएपछि उनी हाजिर हुनुपर्नेछ।
भदौ २३, २०७९ बिहीबार १८:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।