अरुको नाममा ट्रायल दिएको आरोपमा पाँच जना पक्राउ

अरुको नाममा ट्रायल दिएको आरोपमा पाँच जना पक्राउ
सांकेतिक तस्बिर

भक्तपुरः अरुको नाममा ट्रायल दिएको आरोपमा प्रहरीले पाँच जना पक्राउ गरेको छ।

जिल्लाको मध्यपुर ठिमी नगरपलिका–५ राधे राधेस्थित ईजी वे ट्रायल सेन्टरमा नक्कली नगारिकता र प्रवेश पत्र बनाएर अन्य व्यक्तिको ट्रायल दिएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेहरूमा सिन्धुलीका २० वर्षीय मनिष श्रेष्ठ, २० वर्षीय मनिष लामिछाने, २१ वर्षीय टुल्कु सिं तामाङ, कालिकोटका २४ वर्षीय ईन्द्रबहादुर शाही र गोरखाका २२ वर्षीय राजकुमार श्रीमल रहेका छन्।

प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नक्कली नागरिकता, पासपोर्ट, प्रवेश पत्र, विभिन्न रसिद, ल्यापटप, नक्कली नागरिकता बनाउन प्रयोग गरिने कागजात र मोबाइलसहित पक्राउ गरेको हो।

भदौ २३, २०७९ बिहीबार १७:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।