सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौंः काठमाडौं जिल्ला अदालतले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

बलात्कारको आरोप लागेका लामिछानेलाई पक्राउ गरेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो।

उनीविरुद्ध भदौ २१ मंगलाबार साँझ गते एक १७ वर्षीया किशोरीले काठमाडौं उपत्यका प्रहरी कार्यालय, गौशाला वृत्तमा बलात्कारका जाहेरी दिएकी थिइन्। जाहेरीपछि बुधबार दिनभर प्रहरी प्रमाणका लागि जुटेको थियो।

बिहीबार अदालतमा प्रमाण पेश गरेसँगै अदालतले उनलाई पक्राउ गर्न अनुमति दिएको हो।

लामिछाने अहिले क्यारेबियन प्रिमियर लिग खेल्न देश बाहिर छन्। नेपाल क्रिकेट संघ (क्यान)सँगको कुराकानी उनले आफू लिगपछि आउने भन्दै कानूनी सहायताको लागि आग्रह गरेका छन्।

भदौ २३, २०७९ बिहीबार १७:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।