आइएमई इस्योरेन्स र साइमेक्स इंकबीच सम्झौता, बीमा भुक्तानी सहज हुने विश्वास

आइएमई इस्योरेन्स र साइमेक्स इंकबीच सम्झौता, बीमा भुक्तानी सहज हुने विश्वास

काठमाडौंः आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र साइमेक्स इंक कम्पनी(बीवाईडी)बीच सेवा प्रदान गर्ने सम्झौता भएको छ।

सम्झौतापत्रमा आइएमईका तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र साइमेक्स इंकको तर्फबाट सहायक महाप्रबन्धक आकाशविक्रम थापाले. हस्ताक्षर गरे।

सम्झौतासँगै बीवाईडी ब्रान्डका सबै सवारीको बीमा अब आइएमई इन्स्योरेन्सबाट हुनेछ भने बीमा गरेका सवारी साधन दुर्घटनामा परी क्षति भए सहज र सरल तरिकाबाट दाबी भुक्तानी पाइने कम्पनीकाे दाबी छ।

तर, दुर्घटनामा बीमालेखमा तोकिएको सीमाभन्दा बढीको रकम मर्मत खर्च आएमा सीमाभन्दा बढीको रकम सम्बन्धित धनीले नै दिनुपर्नेछ।

दुर्घटनामा परेको चारपांग्रे निजी सवारीको मर्मत साइमेक्स इंकमा गर्दा भुक्तानी सिधै कम्पनीलाई गरी लामो दावी प्रक्रियालाई छोट्टिने कम्पनीको विश्वास छ।

सम्झौतामा आइएमई जनरल इन्स्योरेन्सले उपलब्ध गराएको मोवाइल नम्बर ९८५१३३२११३ मा फोन, एसएमएस, भाइबर वा ह्वाट्सएमार्फत दुर्घटनाको जानकारी दिन सकिने उल्लेख छ।

भदौ २३, २०७९ बिहीबार १६:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।