दराजले भृकुटीमण्डपमा ‘दराज महोत्सव’ गर्दै, प्रवेश निःशुल्क

काठमाडौंः ई–कमर्स कम्पनी दराजले ‘दराज महोत्सव’को घोषणा गरेको छ।
आफ्ना ग्राहकसँगको सम्बन्ध प्रगाढ बनाउन भन्दै दराजले भदौ २५ गते भृकुटीमण्डपमा महोत्सव आयोजना गर्न लागेको हो।
महोत्सवमा सांगीतिक र नृत्य प्रस्तुतिदेखि अन्तरक्रियात्मक खेल, फोटो बुथ, खाना स्टलका साथै बालबालिकाको लागि समर्पित मनोरन्जनात्मक क्रियाकलाप पनि रहने कम्पनीले जनाएको छ।
महोत्सवमा धेरै ग्राहकको उपस्थिति गराउनका लागि कुनै शुल्क नलिने व्यवस्था गरिएको दराज नेपालका प्रमुख मार्केटिङ अधिकृत प्रनयना केसीले बताइन्।
महोत्सवमा सुशान्त केसी, स्वप्न सुमन, वाङ्देन शेर्पालगायतका कलाकारहरूले आफ्नो प्रस्तुति दिनेछन्।
कार्यक्रममा प्रवेशका लागि आफ्नो मोबाइलमा दराजको एप देखाउनुपर्नेछ।
भदौ २३, २०७९ बिहीबार १६:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।