थप २२७ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा थप २ सय २७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। एक जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा ४ हजार ४ सय १ नमूना परीक्षण गरिएकोमा २ सय २७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
बिहीबार १ सय ६८ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर २ हजार ४ सय ७३ जना सक्रिय संक्रमित रहेका छन्।
त्यस्तै, २४ घण्टामा कोरोनाका कारण एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
भदौ २३, २०७९ बिहीबार १६:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।