सुर्खेतकाे विश्वविद्यालयमा ‘भिजिटिङ्ग प्रोफेसर’ बन्ने बाबुरामको इच्छा

काठमाडौंः पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले विश्वविद्यालयमा ‘भिजिटिङ्ग प्रोफेसर’ बन्ने इच्छा गरेका छन्।
बुधबार सुर्खेतकाे वीरेन्द्रनगरमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयले आयोजना गरेको भेटघाट तथा छलफल कार्यक्रममा सहभागी भएका डा. भट्टराईले सो विश्वविद्यालयमा ‘भिजिटिङ्ग प्रोफेसर’को रूपमा आउने इच्छा जाहेर गरेका हुन्।
कार्यक्रममा उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले विश्वविद्यालयको पछिल्लो अवस्था तथा सुधारात्मक कदम र प्रगतिबारे प्रस्तुति दिएका थिए।
उपकुलपछिको प्रस्तुतिपछि पूर्वप्रधानमन्त्री डा. भट्टराईले देशभरका विश्वविद्यालयको अवस्थामा निराशा छाएको भन्दै यस विश्वविद्यालयले चालेका सकारात्मक र सुधारका कामले केही आशावादी बनाएको बताए।
सोही क्रममा उनले उक्त विश्वविद्यालयमा ‘भिजिटिङ्ग प्रोफेसर’को रूपमा आउन इच्छुक रहेको बताएका हुन्।
छलफलमा विश्वविद्यालयका रजिष्ट्रार प्रा।डा। नारायण प्रसाद पौडेल, विभिन्न ग्र्याजुएट स्कुलका डीनहरू, कार्यकारी निर्देशकहरू, परीक्षा व्यवस्थापन कार्यालय प्रमुख, प्राचार्य, उपकुलपति तथा रजिस्ट्रार सचिवालय सदस्यहरू, कर्मचारी लगायतको उपस्थिति थियो।
भदौ २३, २०७९ बिहीबार १४:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।