होण्डाको दुईपाङ्ग्रे किन्दा १५ लाख जित्ने मौका, ७ वर्षसम्म फ्रि सर्भिसिङ्ग

होण्डाको दुईपाङ्ग्रे किन्दा १५ लाख जित्ने मौका, ७ वर्षसम्म फ्रि सर्भिसिङ्ग

काठमाडौंः होण्डा नेपालले ‘दशैंको शुभलाभ’ उपहार योजना सार्वजनिक गरेको छ।

योजना अन्तर्गत होण्डाको दुईपाङ्ग्रे सवारी किन्दा स्क्र्याच कुपनमार्फत सात प्रदेशमा सात जनाले सात लाख रूपैयाँसम्मको क्यासब्याक पाउने कम्पनीले जनाएको छ।

यस्तै लक्की ड्र मार्फत सार्वजनिक गरिने बम्पर उपहारमा १५ लााख रूपैयाँ जित्न सक्नेछन् भने सात वर्षसम्मको फ्रि सर्भिसिङको सुविधा, स्पेयर पार्टस्मा ७ वर्षसम्म सात प्रतिशत छुट पनि पाउन सक्नेछन्।

भदौ २० गतदेखि लागु भएको यो योजना चाडवाडभरीलाई मात्र रहने कम्पनीले जनाएको छ।

भदौ २३, २०७९ बिहीबार १४:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।