स्कुल-कलेजका विद्यार्थीलक्षित चेकिङमा आज ३९ जना कारबाहीमा

स्कुल-कलेजका विद्यार्थीलक्षित चेकिङमा आज ३९ जना कारबाहीमा

काठमाडौं: ट्राफिक प्रहरीले आज ३९ जना विद्यार्थी चालकलाई कारबाही गरेको छ। स्कुल-कलेजका विद्यार्थीलक्षित सुरक्षा चेकिङमा आज ३९ जना विद्यार्थी चालकहरूलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज बिहान गरिएको चेकिङमा कागजपत्र साथमा नभएका १७ जना, सवारी चालक अनुमति पत्र प्राप्त नगरेका १० जना, तीव्र गतिमा जिगज्याग चलाउने आठ जना, नम्बर प्लेट दुरुस्त नभएका दुई जना र तीन जना सवार दुई जना गरी ३९ जना विद्यार्थी चालकलाई कारबाही गरिएको छ।

साउन ३० गतेबाट सुरु भएको यो चेकिङ अभियानमा हालसम्म एक हजार २४१ जना विद्यार्थी चालकलाई ट्राफिक प्रहरीले विभिन्न कसूरमा कारबाही गरिसकेको छ।

भदौ २३, २०७९ बिहीबार १३:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।