रुखमा भाेट हाल्न पाउनुपर्ने भन्दै कांग्रेस जिल्ला सभापतिकाे देउवालाई ज्ञापनपत्र

काठमाडौं: नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले रुखमा भाेट हाल्न पाउनुपर्ने भन्दै केन्द्रीय सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन्। बागमती प्रदेशका १३ जिल्लाका जिल्ला सभापतिका तर्फबाट धादिङका सभापति रामनााथ अधिकारीले ज्ञापनपत्र बुझाएका हुन्।
ज्ञापनपत्रमा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरूले रुख चिह्नमा भाेट हाल्न पाउनुपर्ने उल्लेख गरिएकाे अधिकारीले जानकारी दिए।
बागमती प्रदेशका चितवन- ३, धादिङ- १, सिन्धुपाल्चोक- १, काभ्रे- १, काठमाडौं- ८ र २, रामेछाप, मकवानपुर, नुवाकाेट र ललितपुर- १ मा कांग्रेसले गठबन्धनका अन्य दलहरूलाई सिट छाड्नुपर्ने समीकरण निर्माण हुँदैछ।
सिट बाँडफाँटकाे अन्तिम टुंगाे लगाउने तयारी भइरहेका बेला जिल्ला सभापतिहरूले रुखभन्दा अन्यत्र भाेट माग्न समस्या हुने जानकारी गराएका हुन्। कांग्रेस एक्लै चुनाव लड्नुपर्ने भन्दै रुखभन्दा अन्यत्र भाेट माग्न र हाल्न नसक्ने पार्टी सभापतिलाई जानकारी गराएकाे अधिकारीले बताए।
ज्ञापनपत्र बुझ्दै सभापति देउवाले भने 'भइहाल्छ भइहाल्छ' भनेका थिए।
भदौ २३, २०७९ बिहीबार १३:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।