ट्राफिक नियम उल्लङ्घन गर्ने करिब ३५ सय चालक बुधबार एकैदिन कारबाहीमा

ट्राफिक नियम उल्लङ्घन गर्ने करिब ३५ सय चालक बुधबार एकैदिन कारबाहीमा

काठमाडौं: ट्राफिक नियम उल्लङ्घन गर्ने तीन हजार ४९६ जना चालकहरूलाई हिजो काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारबाही गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार फुटपाथमा पार्किङ गर्ने २७५ जना, हर्नको अनावश्यक प्रयोग गर्ने १९५ जना कारबाहीमा परेका हुन्।

यस्तै जथाभावी यात्रु चढाउने तथा ओराल्ने १३४ जना, ढोका खुल्लै राखेर सवारी चलाउने १३४ जना, मदिरा पिएर सवारी साधन चलाउने १२९ जनालाई पनि कारबाही गरिएको छ।

अवस्था ठिक नभएका सवारी साधन चलाउने ११६ जना, लेन उल्लङ्घन गर्ने १११ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ७३ जना पनिप कारबाहीमा परेका छन्। तीव्र गतिमा सवारी साधन चलाउने ६५ जना र क्षमताभन्दा बढी यात्रु राख्ने ५२ जना चालकहरूलाई ट्राफिक प्रहरीले कारबाही गरेको जनाइएको छ।

भदौ २३, २०७९ बिहीबार ०८:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।