मौसम अपडेट: प्रदेश १ र बागमतीमा आज भीषण वर्षाको सम्भावना

मौसम अपडेट: प्रदेश १ र बागमतीमा आज भीषण वर्षाको सम्भावना

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १ र बागमती प्रदेशका भीषण वर्षा हुने जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित छ।

यतिबेला प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

प्रदेश १ र बागमती प्रदेशको एक-दुई स्थानमा चट्याङसहित भीषण वर्षाको सम्भावना रहेको छ।

भदौ २३, २०७९ बिहीबार ०७:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।