इन्द्रजात्रा हेर्न विभिन्न देशका १८ नगर प्रमुखलाई काठमाडाैं महानगरकाे निम्ताे

इन्द्रजात्रा हेर्न विभिन्न देशका १८ नगर प्रमुखलाई काठमाडाैं महानगरकाे निम्ताे

काठमाडौं : काठमाडौं महानगरपालिकाले इन्द्रजात्राका अवसरमा भगिनी सम्बन्ध भएका विभिन्न देशका १८ नगर प्रमुखलाई जात्रा हेर्न निम्तो गरेकाे छ।

इन्द्रजात्राका सन्दर्भमा बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महानगरले चीन, जापान, अमेरिका, दक्षिण कोरिया, भारत लगायतका देशका भगिनी नगरहरूलाई जात्रा हेर्न निम्तो गरिएको जनाएकाे छ।

पत्रकार सम्मेलनमा काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहले नेपालमा आएका नगरप्रमुखले आफ्नो देशमा फर्किपछि नेपालको संस्कृतिको प्रचार हुने भएकाले विदेशी पाहुनालाई बोलाइएको बताए। उनले देशकै महत्वपूर्ण जात्रालाई भव्य रूपमा मनाइने भन्दै सम्पदा र संस्कृतिको जर्गेना गर्नसक्ने सांस्कृतिक पर्यटन भित्राउन सहज हुने विश्वास व्यक्त गरे।

बुधबार हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठडयाइएपछि प्रारम्भ भएको जात्रा रथयात्रा र देवदेवताको पूजाआजा गरी मनाइन्छ।

भदौ २२, २०७९ बुधबार १४:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।