राष्ट्रिय सभाका चार विषयगत समितिका सभापतिका लागि चार सांसदकाे उम्मेदवारी

राष्ट्रिय सभाका चार विषयगत समितिका सभापतिका लागि चार सांसदकाे उम्मेदवारी

काठमाडाैं : राष्ट्रिय सभा अन्तर्गतका चारवटा विषयगत समितिका सभापतिका लागि चार जनाको उम्मेदवारी परेको छ।

दिगो विकास तथा सुशासन समितिमा प्रकाश पन्थ, विधायन व्यवस्थापन समितिमा डा. बेदुराम भुसाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल थापा (पार्वती)ले सभापतिमा उम्मेदवारी दिएका हुन्।

राष्ट्रियसभा नियमावली, २०७५ को नियम १५० को उपनियम ९१० बमोजिम राष्ट्रिय सभाअन्तर्गत गठित चार वटा विषयगत समितिका सभापतिको निर्वाचनका लागि चारजना सांसदहरूको उम्मेदवारी परेसँगै उनीहरू नै सभापतिमा चयन हुनेछन्।

यद्यप निर्वाचन कार्यतालिकाअनुसार भदाै २३ गते दिउँसाे १ बजे निर्वाचन ताेकिएकाे राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले बताए।

भदौ २२, २०७९ बुधबार १४:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।