भदाै २९ गतेबाट नयाँ नाेट साट्न पाइने

भदाै २९ गतेबाट नयाँ नाेट साट्न पाइने

काठमाडौं : दशैंका लागि २९ भदौदेखि सर्वसाधारणले नयाँ नोट साट्न पाउने भएका छन्।

नेपाल राष्ट्र बैंकले नजिकिँदो चाडपर्व लक्षित गर्दै २९ भदौदेखि नयाँ नोट साट्न सकिने जनाएकाे छ।

बैंककाे मुद्रा व्यवस्थापन विभागका अनुसार काठमाडौं उपत्यकामा सर्वसाधारणले २९ भदौ र उपत्यका बाहिर असोज २ गतेदेखि नयाँ नोट साट्न सकिनेछ।

गत वर्ष जस्तै यसवर्ष पनि सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५ सय रूपैयाँ बराबर नयाँ नोट सटही सुविधा पाइनेछ।

५, १०, २०, ५० र १०० रुपैयाँसम्मका नोट एक एक वटा बन्डल हुने गरी १८ हजार ५०० रुपैयाँमा सीमा तोकिएकाे हाे।

भदौ २२, २०७९ बुधबार १४:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।