मध्यरातमा जंगली हात्तीकाे झुण्डले घर भत्काउन थालेपछि...

काठमाडाैं : मंगलबार महोत्तरीको बर्दिबास नगरपालिका–८ का जितबहादुर योञ्जन खाना खाइवरी सुतिसकेका थिए।
परिवारसहित घरमा सुतेका उनकाे घर राति नै हल्लि थाल्याे। उनले भूकम्प भन्ठानेर सुते। तर पुन: घर हल्लिएपछि उनी उठे र हेरे। हेर्दा जंगली हात्तीकाे झुण्डले घर भत्काउन लागिसकेछ।
अँध्यारोको बेला अचानक आएका हात्तीले एकाएक घर भत्काउन थालेपछि हाे-हल्ला भयाे। उनीहरूले परिवारसहि भागेर ज्यान जाेगाए।
याेञ्जकाे घर मात्र हाेइन मंगलबार राति बर्दिबास बर्दिबास–८ मा चार र वडा नं १० मा एक गरी पाँच घर जंगली हात्तीले भत्काइदियाे।
हात्तीले याेञ्जनसहित सोमबहादुर तामाङ, बुद्धिमान सिग्देल र जयकिसुन महतोको घर भत्काएको जिल्ला प्रहरी कार्यालय महाेत्तरीका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले जानकारी दिए।
हात्तीको उपद्राेले घरभित्रका सबैथोक नष्ट भएको छ भने घर भत्किएर परिवारको बिजोग भएको छ।
भदौ २२, २०७९ बुधबार १३:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।