शिक्षा मन्त्रालयले गर्‍याे सह–सचिवसहित ५६ जनाको सरुवा (काे-कहाँ ?)

शिक्षा मन्त्रालयले गर्‍याे सह–सचिवसहित ५६ जनाको सरुवा (काे-कहाँ ?)

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सह–सचिवसहित ५६ जनाको सरुवा गरेको छ।

मन्त्रालयले ४ जना सह-सचिव, १४ जना उप-सचिव, २२ जना शाखा अधिकृत र १६ जना प्राविधिक सहायकको सरुवा गरेको हो।

मन्त्रालयले शिवकुमार सापकोटालाई चिकित्सा शिक्षा आयोगकको सदस्य सचिवमा खटाएको छ भने आयोगमा रहेका सदस्य सचिव डा. भोजराज शर्मा काफ्लेलाई व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनामा खटाएको छ।

शिक्षा, तथा मानवस्रोतका सहसचिव डिल्लीराम लुइँटेललाई केन्द्रीय आयोजना कार्यान्वयन इकाईमा सरुवा हुँदा केन्द्रीय आयोजना कार्यान्वय इकाईका रामशरण सापकोटालाई शिक्षा मन्त्रालयमा तानिएका छन्।

भदौ २२, २०७९ बुधबार १३:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।