एक हजारले घट्याे सुनकाे मूल्य

एक हजारले घट्याे सुनकाे मूल्य

काठमाडौं : साताको चौथो दिन बुधबार सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९४ हजार रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार एक हजारले घटेर ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

तेजावी सुन प्रतितोलामा ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य बुधबार १५ रुपैयाँले घटेर १ हजार १ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

भदौ २२, २०७९ बुधबार १२:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।