साफ यु–१७ मा नेपाल र भुटान भिड्दै

काठमाडौं : श्रीलंकामा भइरहेको साफ यु–१७ फुटबलमा नेपालले आफ्नो पहिलो खेलमा बुधबार भुटासँग खेल्दैछ।
खेल कोलम्बोस्थित रेस कोर्स मैदानमा नेपाली समयअनुसार राति ८ बजे सुरु हुनेछ।
समूह‘बी’ अन्तर्गत रहेको भुटान पहिलो खेलमा भारतसँग ३–० ले पराजित भएको थियो। भुटानलाई हराएमा एक खेलअगावै नेपाल र भारत सेमिफाइनल प्रवेश गर्नेछन्।
नेपालले शुक्रबार भारतसँग समूहको अन्तिम खेल खेल्नेछ। समूह ‘ए’ मा बंगलादेश, श्रीलंका र माल्दिभ्स छन्।
फाइनल सेप्टेम्बर १४ मा हुनेछ।
भदौ २२, २०७९ बुधबार ११:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।