राष्ट्र बैंङ्कद्वारा सुपर लघुवित्त वित्तीय संस्था समस्याग्रस्त घोषणा

काठमाडौं : नेपाल राष्ट्र बैंकले दाङमा केन्द्रीय कार्यालय रहेको सुपर लघुवित्त वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ।
बुधबार एक सूचना निकालेर केन्द्रीय बैंकले लघुवित्तका सञ्चालक समितिका अध्यक्ष र सदस्यहरू प्रत्यक्ष सम्मिलित भएर संस्थाको हितविपरीत व्यक्तिगत लाभ लिएकाले संकटग्रस्त घोषणा गरिएको जनाएको छ।
संस्थाका सदस्यहरूले नक्कली ऋणी खडा गरी कर्जा प्रवाह गरी दुरुपयोग गरेको तथा प्राथमिक पुँजी कोष अनुपात १०.३१ प्रतिशतले ऋणात्मक भएपछि स्पष्टिकरण सोधिएकोमा चित्तबुझ्दो जवाफ नआएकाले समस्याग्रस्त घोषणा गरिएको लघुवित्त तथा सुपरीवेक्षण विभागले जनाएको छ।
स्पष्टिकरणको पत्र काट्नुअघि राष्ट्र बैंकले समष्टिगत स्थलगत निरीक्षण र विशेष निरीक्षणसमेत गरेको थियो।
भदौ २२, २०७९ बुधबार ०९:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।