जुरेमा पहिराे खस्याे, अरनिको राजमार्गमा सवारी आवागमन अवरुद्ध 

जुरेमा पहिराे खस्याे, अरनिको राजमार्गमा सवारी आवागमन अवरुद्ध 

काठमाडाैं : अरनिको राजमार्गको सवारी आवागमन अवरुद्ध भएको छ।

बुधबार विहान पौने ६ बजे सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ९ र बलेफी गाउँपालिका ८ को बीचमा रहेको जुरेमा पहिरो खस्दा अरनिको राजमार्ग हुँदै सिन्धुपाल्चोकका विभिन्न स्थानतर्फ जाने आउने सवारी साधन रोकिएका हुन्।

पहिरो हटाएर सवारी आवागमन सञ्चालनमा ल्याउने प्रयास भइरहेको ईलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ।

भदौ २२, २०७९ बुधबार ०९:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।