महिला साफ : भारत र पाकिस्तान तथा बंगलादेश र माल्दिभ्स भिड्दै

महिला साफ : भारत र पाकिस्तान तथा बंगलादेश र माल्दिभ्स भिड्दै

काठमाडौं : साफ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत बुधबार दुई खेल हुँदैछन्। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे भारत र पाकिस्तानले भिड्दैछन् भने साँझ साढे ५ बजे हुने खेलमा बंगलादेश र माल्दिभ्स प्रतिस्पर्धा गर्दैछन्।

यसअघि हिजो साँझ भएको च्याम्पियनसिपकाे उद्घाटन खेलमा नेपालले भुटानमाथि ४–० को जित निकालेको थियाे। नेपालको जितमा सावित्रा भण्डारी र अनिता बस्नेतले दुई-दुई गोल गरे।

भदौ २२, २०७९ बुधबार ०७:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।