एसिया कप : श्रीलंकाले भारतलाई ६ विकेटले हरायो

काठमाडौंः एसिया कपको मंगलबार भएको खेलमा श्रीलंकाले भारतलाई ६ विकेटले पराजित गरेको छ।
भारतले दिएको १ सय ७४ रनको लक्ष्य श्रीलंकाले १ बल बाँकी छँदै ४ विकेट गुमाएर भेट्टाएको हो।
उसको जितमा कुशल मेन्डिसले ५३, पथुम निशान्काले ५२ बनाउँदा दसुन शनास्का र भानुका राजापाक्षे अविजित रहँदै क्रमशः ३३ र २५ रन बनाए।
बलिङतर्फ भारतका युजवेन्द्र चहलले तीन तथा रविचन्द्रन अश्विनले एक विकेट लिए।
त्यसअघि युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको भारतले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७३ रन बनायो।
उसका लागि कप्तान रोहित शर्माले सर्वाधिक ७२ रन बनाए। सूर्यकुमार यादवले ३४, हार्दिक पाण्डे र रिसव पन्तले समान १७–१७ रन जोड्दा रविचन्द्र अश्विनले अविजित रहँदै १५ रन बनाए।
बलिङतर्फ श्रीलंकाका दिलसान मधुशंकाले तीन, चमिका करुणारत्ने र दसुन शनाकाले समान दुई–दुई तथा महिश थिक्सानाले एक विकेट लिए।
योसँगै भारतले एसिया कपको सुपर ४ अन्तर्गको दुई खेलमा लगातार पराजित भएको छ। यसअघि सुपर ४ को पहिलो खेलमा भारत पाकिस्तानसँग पाँच विकेटले पराजित भएको थियो ।
योसँगै अब भारतले फाइनल प्रवेशमा लागि अन्य टीमसँगको खेलमा निर्भर हुनुपर्नेछ।
भदौ २१, २०७९ मंगलबार २३:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।