पुलुकिसी जगाउने हातहरु !

काठमाडौँ : वसन्तपुर दरबार क्षेत्रस्थित हनुमानढोका परिसरमा लिङ्गो खडा गरेसँगै काठमाडौँ उपत्यकामा सुरु भयो इन्द्रजात्रा।
जीवित देवी कुमारीको रथयात्रासँगै लाखेलाई चर्को स्वरमा ढोल बजाएर सडकमा निकालिन्छ। सँगै पुलुकिसी पनि निस्किन्छन्। पुलुकिसी भन्नाले सेतो हात्तीलाई बुझिन्छ।
सेतो हात्ती पुलुकिसीलाई बाँस, माटो, कपडा आदी विभिन्न सामग्रीहरू प्रयोग गरेर बनाइन्छ। मुख्य संरचना बाँसको फ्रेम हो। बाँसका खम्बाहरू जोडेर सुरक्षित गर्न बलियो डोरीले बाँधिएको हुन्छ।
संरचना बनाउन सबै जोडहरू डोरीले बाँधिएका हुन्छन्, जसलाई सेतो कपडाले छोपिन्छ। कपडामा विभिन्न रङहरू प्रयोग गरी रङ्गाइएको हुन्छ।
यसको मास्क सबैभन्दा महत्त्वपूर्ण भाग हो र सबैभन्दा भारी पनि हुन्छ। यसलाई माटो, अण्डाको पहेँलो र नेपाली कागजबाट बनाइन्छ। त्यसपछि कलाकारद्वारा चित्र बनाएर रङ्गाइन्छ। हात्तीको अनुहारमा रहेको तेस्रो आँखाले जे पनि नष्ट गर्न सक्छ भन्ने सङ्केत गर्छ।
भदौ २१, २०७९ मंगलबार २२:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।