एसिया कप : भारतले श्रीलंकालाई दियो १ सय ७४ रनको लक्ष्य

एसिया कप : भारतले श्रीलंकालाई दियो १ सय ७४ रनको लक्ष्य

काठमाडौंः एसिया कपअन्तर्गत मंगलबारको खेलमा भारतले श्रीलंकालाई १ सय ७४ रनको लक्ष्य दिएको छ।

युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको भारतले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७३ रन बनायो।

उसका लागि कप्तान रोहित शर्माले सर्वाधिक ७२ रन बनाए। सूर्यकुमार यादवले ३४, हार्दिक पाण्डे र रिसव पन्तले समान १७–१७ रन जोेड्दा रविचन्द्र अश्विनले अविजित रहँदै १५ रन बनाए।

बलिङतर्फ श्रीलंकाका दिलसान मधुशंकाले तीन, चमिका करुणारत्ने र दसुन शनाकाले समान दुई–दुई तथा महिश थिक्सानाले एक विकेट लिए।
श्रीलंकाले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

सुपर ४ को पहिलो खेलमा भारत पाकिस्तानसँग पाँच विकेटले पराजित भएको थियो । श्रीलंकाको भने सुपर ४ अन्तर्गको यो पहिलो खेल हो।

भदौ २१, २०७९ मंगलबार २१:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।