कर र महशुल फरक हुन्, सापटी लिएजसरी मिलाउन सकिँदैन : बालेन्द्र शाह

काठमाडौंः काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले कर र महसुल फरक विषय भएको बताएका छन्।
मंगलबार नेपाल विद्युत् प्राधिकरणसँगको विवादबारे स्पष्ट पार्दै उनले कर र महसुललाई साथीहरूले सापटी लिएजसरी मिलान गर्न नसिकिने बताए।
‘कर र महसुल फरक कुराहरू हुन्। हामीले पाउने करलाई महसुलमा कट्टा गरेर दुईजना साथीहरूको सापटी रकम जसरी मिलान गर्न सकिँदैन,’ उनले भने, ‘नियमसंगत हामी कर उठाउँछौं भने नियम र वैधानिक कागजातसहित आएका महसुल चुक्ता गर्नेछौं।’
शाहले विद्युत् प्राधिकरणले सार्वजनिक मठ मन्दिर, सडकबत्ती, सार्वजनिक स्थानमा बालेको बत्तीको रकम दाखिला गर्दा महानगरलाई त्यसको कारणबारे स्पष्ट पार्न उल्लेख गरे।
भदौ २१, २०७९ मंगलबार २१:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।