महिला साफ च्याम्पियनसिपमा नेपालकाे विजयी सुरुवात

महिला साफ च्याम्पियनसिपमा नेपालकाे विजयी सुरुवात

काठमाडौं : छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुवात गरेकाे छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको उद्घाटन खेलमा भुटानलाई ४-० गोल अन्तरले हराउँदै नेपालले सु:खद् सुरुवात गरेकाे हाे।

नेपालकाे जितमा सावित्रा भण्डारी र अनिता बस्नेतले दुई-दुई गोल गरे।

खेलको १२औं मिनेट र ६७औं मिनेटमा सावित्राले गाेल गर्दा ७२औं र ८४औं मिनेटमा अनिताले गाेल गरिन्।

भुटानविरुद्धको खेलमा नेपालका दिपा शाही, अमिषा कार्की र समिक्षा घिमिरेले डेब्यू गरे

जितसँगै समूह 'बी' को नेपालले पहिलो खेलमै ३ अंक जोडेको छ। अब नेपालले दोस्रो तथा समूह चरणको अन्तिम खेलमा भदौ २८ गते श्रीलंकासँग खेल्नेछ।

भदौ २१, २०७९ मंगलबार २१:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।