नवलपुरको बलात्कार अभियोगमा पललाई सफाइ, बाल यौन दुरुपयोगमा जेल सजाय

नवलपुरको बलात्कार अभियोगमा पललाई सफाइ, बाल यौन दुरुपयोगमा जेल सजाय

काठमाडौँ : जिल्ला अदालत, नवलपुरले अभिनेता पल शाहलाई बलात्कारको अभियोगमा सफाइदिँदै  बाल यौन दुरुपयोग गरेको ठहर गरेको छ।

गैँडाकोट रिसोर्टमा भएको घटनामा बलात्कार दाबी गरिए पनि अदालतले त्यसलाई स्विकारेन। तर बाल यौन दुरुपयोग गरेको ठहर गर्दै साढे २ वर्षको कैद सजाय र २५ हजार रुपैयाँ जरिवानाको फैसला सुनायो 

यज्ञप्रसाद आचार्यको इजलासले पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन समेत आदेश दिएको छ। प्रारम्भिक बयानमा नाबालिग र उनको परिवारले गैँडाकोट रिसोर्टमा म्युजिक भिडियोको सुटिङ गर्न जाँदा बेलुका बियर खाएर आएर बलात्कार गरेको दाबी गरेका थिए।

पलले पनि बयानमा राती कोठामा गएको तर बलात्कार नगरेको दाबी गरेका थिए। पछि जाहेरीकर्ताको पक्षका नाबालिग, परिवारसहितले बयान बदल्नै पलको पक्षमा बयान दिएर अन्यको उक्साहटमा झुटो बोलेको दाबी गरे पनि अदालतले बाल यौन दुरुपयोग भने ठहर्याएको छ।

अदालतले नाबालिकाको परिवारलाई सचेत समेत गराएको छ। तर फैसलाको पूर्ण पाठ आउन बाँकी छ। तनहुँमा बलात्कार मुद्दा बाँकी छ।

भदौ २१, २०७९ मंगलबार १९:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।