ट्राफिक प्रहरीको 'ब्ल्याक एण्ड ह्वाइट अपरेसन' : एकै दिन ७४० चालक कारबाहीमा

काठमाडाैं : काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले भाडाका सवारी चालक तथा यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै मंगलबारदेखि 'ब्ल्याक एण्ड ह्वाइट अपरेसन' सुरु गरेकाे छ।
मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्म भाडाका सवारी साधनलाई लक्षित गरेर गरिएकाे ट्राफिक जाँचमा ७ सय ४० सवारी चालकलाई कारबाही गरिएकाे काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिए।
अवस्था ठिक नभएका सवारी साधन चलाउने १ सय ८९ जना, तीव्र गतिमा सवारी साधन चलाउने ८ जना र अन्य ट्राफिक नियम उल्लंघन गर्ने ५ सय ४३ जना गरी ७ सय ४० जना चालकलाई कारबाही गरिएकाे क्षेत्रीले बताए।
भाडाका सवारी साधनमा धेरै यात्रुले यात्रा गर्ने हुँदा यस्ता सवारी साधनहरूले ट्राफिक नियम उल्लंघन गर्दा जनधनकाे ठूलाे क्षति हुने भएकाले सम्भावित दुर्घटना न्यूनीकरणका लागि प्रहरीले विशेष अभियान चलाएकाे हाे।
भदौ २१, २०७९ मंगलबार १९:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।