अवैध संरचना हटाउने महानगरको अभियान तीव्र, मंगलबार इन्द्रचोक र असनका व्यवसाय हटाइयो
काठमाडौंः काठमाडौं महानगरपालिकाले अवैध संरचना र अव्यवस्थित रूपमा सञ्चालनमा भइरहेको फुटपाथ हटाउने अभियानलाई तीव्रता दिएको छ।
मंगलबार महानगरले इन्द्रचोक क्षेत्रमा अव्यवस्थित रूपमा सञ्चालनमा भइरहेको पार्किङ, मन्दिर वरिपरिको व्यवसाय, फुटपाथमा राखिका पसलहरू हटाएको छ।
यस क्षेत्रका फुटपाथको व्यापार हटाउने कामसँगै अव्यवस्थित हुने गरेको पार्किङ पनि व्यवस्थापन गर्ने काम भइरहेको नगर प्रहरीको भनाइ छ।
तर, स्थानीयहरू भने वडाको रिसिवीको कारणले भत्काउन लागेको बताउँछन् । उनीहरूले २१ वर्षदेखि पसल चलाउँदै आएको भन्दै वडा र वडाध्यक्षको रिसिइवीका कारण भत्काउन खोजिएको आरोप लगाए।
असनका साँघुरा गल्लीका दुवैतिरको फुटपाथमै पसल थापेपछि यात्रुहरूलाई आउजाउ गर्न समस्या हुने गरेको छ।
असन क्षेत्रमा हिँड्ने मान्छेका लागि फुटपाथमा राखेका भाँडाकुँडा, क्रिष्टलका सामग्रीहरू, खेलौना पसल, फेन्सीका सामान, माटाका सामग्रीहरू भोलि बिहानसम्म हटाउन निर्देशन दिएको छ।
भदौ २१, २०७९ मंगलबार १८:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।