सेयर मार्केट, कर्मचारी सञ्चयकाेषसहित १७ संस्थालाई महानगरकाे पत्र- '१० दिनभित्र कर बुझाउनू'

सेयर मार्केट, कर्मचारी सञ्चयकाेषसहित १७ संस्थालाई महानगरकाे पत्र- '१० दिनभित्र कर बुझाउनू'

काठमाडाैं : काठमाडौं महानगरपालिकाले १७ वटा संस्थालाई १० दिनभित्र कर बुझाउन निर्देशन दिएकाे छ।

महानगरपालिकाको राजस्व विभागले मंगलबार पत्र लेखेर सम्पत्ति कर बुझाउन महानगरले पटक-पटक ताकेतालाई बेवास्था गरेकाे भन्दै पत्र प्राप्त भएको दश दिनभित्र विवरणसहित सम्बन्धित वडा कार्यालयमा कर बुझाउन निर्देशन दिएकाे हाे।

महानगरले खाद्य संस्थान, थापाथली, हाइट फिल स्कूल-नयाँबजार, रञ्जना ट्रेड सेन्टर- न्युरोड, साझा भण्डार-भोटाहिटी, राष्ट्रिय नाचघर-जमल, चेम्बर अफ कमर्स-जमल, कर्मचारी सञ्चय कोष-ठमेल, नेपाल विद्युत प्राधिकरण- रत्नपार्क र नेसनल ट्रेडिङ लिमिटेड-सिंहदरबारलाई पत्र लेखेको हो।

यस्तै, महानगरले नेपाली जामे मस्जिद-बागबजार, कृषि सामग्री संस्थान-टेकु, मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल-स्वयम्भू, आरबि कम्प्लेक्स-न्युरोड, काठमाडौं प्लाजा-पुतलीसडक, नेपाल सेयर मार्केट-पुतलीसडक, सिविक हस्पिटल प्रा.लि र डेन्टल कलेज-सामाखुसीलाई पनि पत्र लेखेको छ।

कर नबुझाए महानगरपालिकाको राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी कर असुल गरिने पत्रमा उल्लेख छ।

भदौ २१, २०७९ मंगलबार १७:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।