थप ३०० जनामा कोरोना संक्रमण, तीन जना भेन्टिलेटरमा

काठमाडौंः नेपालमा थप ३०० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
४ हजार ५९० जनामा गरिएको परीक्षणमा ३०० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा १२४ जना संक्रमणमुक्त हुँदा ३ लाख ५९ हजार ६५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।
यो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। साथै देशभर २ हजार ४५७ जना सक्रिय संक्रमित छन्। जसमध्ये ३५ जना आईसीयूमा र तीन जना भेन्टिलेटरमा उपचाररत छन्।
भदौ २१, २०७९ मंगलबार १६:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।