निर्वाचनका लागि १३२ मतदान स्थल थप

काठमाडौंः प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनका लागि देशभर १३२ वटा मतदान स्थल थप गरिने भएको छ।
निर्वाचन आयोगले यसअघि कायम रहेका १० हजार ७५६ मतदान स्थलको पुनरावलोक गरी यसपटक १ सय ३२ वटा मतदान स्थल थप गरेको हो। योसँगै देशभर १० हजार ८८८ मतदान स्थल कायम भएका छन्।
मतदान स्थल पुनरावलोकन हुँदा १ हजार १२३ मतदान स्थलो त्रुटि सच्याइएको, साविकका ३६५ मतदान स्थलबाट सबै मतदाता स्थानान्तरण गरी ३६४ वटा निर्धारण गरिएको हो।
त्यसैगरी, १६३ मतदान स्थलबाट आंशिक मतदाता स्थानान्तरण गरी १६९ मतदान स्थल निर्धारण गरिएको साथै १५ मतदान स्थलका आंशिक मतदातालाई स्थानान्तरण गरी १३ वटा मतदान स्थलमा गाभिएको आयोले जनाएको छ।
भदौ २१, २०७९ मंगलबार १६:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।