जिडब्लुएमका सवारी किन्दा एक वर्षको बीमा र मेन्टेनेस फ्री

काठमाडौं : दशैं, तिहार र छठका लागि ग्रेट वाल मोटर (जि.डब्लु.एम) गाडीले ‘ग्रेट डिल, ग्रेट च्वाइसेस’ अफर ल्याएको छ।
कम्पनीका सबै गाडी खरिमा उपलब्ध हुने अफरले ग्राहकहरूको चाडपर्व अझ हर्षोल्लास हुने कम्पनीको विश्वास छ।
कम्पनीको गाडी खरिदमा नगद छुट पाउनुका साथै एक वर्षको कम्प्रिहेन्सिभ बीमा, फ्री मेन्टिनेन्स पाइनेछ।
साथै, लोएल्टी बोनसको रूपमा ग्राहक स्वयं वा पविारसँग कसैको पहिले नै जि.डब्लु.एमका कुनै पनि गाडी भएमा अतिरिक्त छुट पाइने कम्पनीले जनाएइको छ।
ग्राहकहरुले निःशुल्क एक्सेसोरिज सहित ५ वर्षको वारेन्टी सुविधा पाउनुका साथै स्पट भ्यालुएसन तथा एक्सचेन्जको अवसर पाउनेछन् भने प्याकेजमा ३ वर्षको निःशुल्क सर्भिस उपलब्ध हुनेछ।
भदौ २१, २०७९ मंगलबार १५:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।