अनेरास्ववियु क्रान्तिकारीले गठन गर्‍याे ‘रिभोलुसनरी फोर्स’

अनेरास्ववियु क्रान्तिकारीले गठन गर्‍याे ‘रिभोलुसनरी फोर्स’

काठमाडौंः माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले निर्वाचन लक्षित रिभोलुसनरी फोर्स गठन गरेको छ।

बुधबार नयाँ बानेश्वरमा एक सभाको आयोजना गरेर फोर्स गठनको घोषणा गरिएको हो। माओवादी नीति र नेतृत्त्वलाई जिताउन आफूहरूले फोर्स गठन गरेको सभामा जानकारी दिइयो।

फोर्सले प्रतिगामी तत्वहरूलाई अग्रसर हुन नदिने र देशमा संघीयता, धर्म निरपेक्षता, गणतन्त्रको स्थापना गर्ने माओवादी नेतृत्त्वलाई विजयी गराउन लाग्ने जनाएको छ।

फोर्सको नारा ‘माओवादी नीति र नेतृत्त्वका लागि हाम्रो जोड, aप्रतिगामी तत्त्वविरुद्ध क्रान्तिकारी प्रतिरोध’ तय गरिएको छ।

भदौ २१, २०७९ मंगलबार १५:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।