शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम २० करोडले बढ्यो

शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम २० करोडले बढ्यो

काठमाडौंः कारोबार हुने साताको तेस्रो दिन मंगलबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ।

नेप्से परिसूचक २१.२२ अंकले घटेर १९५१.७९ विन्दुमा झर्दा सेन्सेटिभ परिसूचक ३.८९ अंकले घटेर ३७९.०५ विन्दुमा छ,।

बजार घटे पनि कारोबार रकम भने बढेको छ। सोमबार ९० करोडको कारोबार नभएको बजारमा मंगलबार १ अर्ब १९ करोडको कारोबार भयो।

उपसूचक समूहतर्फ म्युचल फन्डबाहेक अन्य सबै समूह राताम्मे भएका छन्। सबैभन्दा बढी फाइनान्स २.१२ प्रतिशत, जलविद्युत् २.०५ प्रतिशत, विकास बैंक १.८३ प्रतिशतले ओरालो लागेका छन्।

यसदिन उन्नत्ति सहकार्य लघुवित्तको लगानीकर्ताले लगभग १० प्रतिशतले कमाउँदा सबैभन्दा बढी हिमालयन एभरेष्ट इन्स्योरेन्सको ९ करोड १४ लाखको कारोबार भयो।

कारोबार रकममा दोस्रो स्थानमा रहेको रिदी ३ लाख रूपैयाँले मात्र कमी छ।

भदौ २१, २०७९ मंगलबार १५:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।