ग्राहकसँग सोधेर मात्र सेवा नवीकरण गर्न दूरसञ्चार प्राधिकरणको निर्देशन

ग्राहकसँग सोधेर मात्र सेवा नवीकरण गर्न दूरसञ्चार प्राधिकरणको निर्देशन

काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले स्वतः नवीकरण हुने प्रणाली बन्द गर्न दूरसञ्चार सेवा प्रदायकलाई निर्देशन दिएको छ।

मंगलबार सार्वजनिक सूचना जारी गरेर प्राधिकरणले ग्राकहसँग सोधेर वा एसएमएसबाट पक्का गरेर मात्र सेवाको नवीकरण गर्न निर्देशन दिएको हो।

यसअघि पटक–पटक निर्देशन दिइएको उल्लेख गर्दै प्राधिरणले पुनः सूचना प्रकाशित गर्दै निर्देशन दिएको हो।

प्राधिकरणको निर्देशन विपरीत स्वतः नवीकरण सेवा सञ्चालन नगर्न आग्रह गर्दै उसले अबदेखि त्यस्ता सेवा सञ्चालन गरेमा कारबाही गरिने चेतावनी दिएको छ।

साथै उसले स्वतः नवीकरण हुने सेवा सञ्चालन भएको जानकारी भए प्राधिकरणलाई जानकारी गराउन पनि आग्रह गरेको छ।

यसअघि दूरसञ्चार सेवा प्रदायकहरूले स्वतः नवीकरण प्रणाली राख्दा ग्राहकलाई थाहै नभई उनीहरूको रकम काटिने गरेको गुनासो आएको थियो।

ग्रामीण भेगका ग्राहकले एउटा सेवा लिएपछि त्यसलाई बन्द गर्न नजान्नाले पनि उनीहरूको सयौं रूपैयाँ उत्तिकै काटिरहेको छ।

भदौ २१, २०७९ मंगलबार १४:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।