चीनको सिचुवान गएको भूकम्पमा ६५ जनाको मृत्यु, १७० जना घाइते

चीनको सिचुवान गएको भूकम्पमा ६५ जनाको मृत्यु, १७० जना घाइते

एजेन्सी: चीनको दक्षिणपश्चिम प्रान्त सिचुवानको लुडिङ काउन्टीमा गएको ६.८ म्याग्निच्युडको भूकम्पमा परी ६५ जनाको मृत्यु भएको छ। हालसम्म १७० जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन्।

गाञ्जी तिब्बती स्वायत्त प्रिफेक्चरमा ३७ जना तथा याआन शहरको शिमियान काउन्टीमा २८ जनाको मृत्यु भएको छ। गाञ्जीमा १२ जना हराइरहेका, ५६ जना गम्भीर घाइते भएका छन्।

स्थानीय समयअनुसार सोमबार १२:५२ मा लुडिङ काउन्टीभन्दा ३९ किलोमिटर टाढाको स्थललाई केन्द्रविन्दु बनाएर भूकम्प भएको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ।

भूकम्पको धक्का केन्द्रविन्दुबाट २२६ किलोमिटर टाढा रहेको सिचुवान प्रान्तको राजधानी छन्दुमा पनि महसुस गरिएको थियो। राष्ट्रिय आपत्कालीन प्रतिकार्य तथा उद्धार कार्यालयबाट सहायताकर्मी भूकम्प प्रभावित क्षेत्रमा परिचालन भएका छन्।

भदौ २१, २०७९ मंगलबार १३:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।