एसिया कपमा आज श्रीलङ्कासँग भिड्दै भारत, हारेमा फाइनलको सपना तुहिने

एसिया कपमा आज श्रीलङ्कासँग भिड्दै भारत, हारेमा फाइनलको सपना तुहिने

काठमाडौं: एसिया कपमा आज भारत र श्रीलङ्का भिड्दैछन्। आजको खेल भारतको लागि भने 'गर या मर'को अवस्था रहेको छ।

यसअघि पहिलो खेलमा अफगानिस्तानलाई हराएको श्रीलङ्काले आजको खेल जिते अंकतालिकामा शीर्ष स्थान कायम गर्दै फाइनल यात्रा बलियो बनाउनेछ।

भारतले भने सुपर ४ को पहिलो खेलमा पाकिस्तानसँग हार व्यहोरेकाले लगातार आजको खेल पनि हारेमा फाइनलको सपना तुहिनेछ।

श्रीलङ्का तुलनात्मकरूपमा कमजोर टोली भए पनि आजको खेलमा भारत भरपुर दबाबमा हुनेछ। श्रीलङ्काले यसैको फाइदा उठाउन सक्नेछ।

भारतको लागि भने विराट कोहलीको फर्किएको फर्मले साथ दिनेछ। यसअघि पाकिस्तानविरुद्धको खेलमा उनले ६० रन बनाएका थिए।

दुबई इन्टरनेशनल स्टेडियममा खेलिने खेल नेपाली समयअनुसार साँझ ७:४५ बाट सुरु हुनेछ।

भोलि साँझ ७:४५ मा पाकिस्तान र अफगानिस्तान भिड्नेछन्।

भदौ २१, २०७९ मंगलबार १०:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।