महिला साफ च्याम्पियनशिप आजबाट:  उद्घाटन खेलमा नेपाल र भुटान भिड्ने

महिला साफ च्याम्पियनशिप आजबाट:  उद्घाटन खेलमा नेपाल र भुटान भिड्ने

काठमाडौं: महिला साफ च्याम्पियनशिप आजबाट सुरु हुँदैछ। छैटौँ संस्करणको साफ च्याम्पियनशिपमा आजको उद्घाटन खेलमा नेपाल र भुटान भिड्दैछन्।

खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बाट सुरु हुनेछ।

प्रतियोगितामा नेपाललसहित भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स र भुटान गरी सात राष्ट्र सहभागी छन्। सात टिम ए र बी समूहमा विभाजन गरिएको छ। नेपाल समूह बीमा छ।

नेपालको समूहमा श्रीलङ्का र भुटान छन्। समूह ए मा भने भारत, बङ्गलादेश र माल्दिभ्स छन्।

समूह चरणको दोस्रो खेलमा नेपालले श्रीलङ्कासँग खेल्नेछ। यस खेल भने भदौ २७ गते हुनेछ। समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्।

नेपाली टोलीको कप्तानी एन्जिला तुम्बापो सुब्बाले गर्नेछिन्।

भदौ २१, २०७९ मंगलबार १०:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।