दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं: प्रतिनिधि सभा बैठक आज बस्दैछ। आज दिउँसो १ बजे प्रतिनिधि सभाको एघारौं अधिवेशनको ६३औं बैठक बस्दैछ।

आज व्यवस्थापन कार्यतर्फ कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले “केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

यस्तै सो विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने छ।

मन्त्री कोइरालाले नै “केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले बताए।

भदौ २१, २०७९ मंगलबार ०९:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।