स्याङ्जामा मोटरसाइकल खोल्सीमा खस्दा एक जनाको मृत्यु

स्याङ्जामा मोटरसाइकल खोल्सीमा खस्दा एक जनाको मृत्यु

स्याङ्जा: हरिनास गाँउपालिका- ३ राहालेमा हिजो साँझ मोटरसाइकल अनियन्त्रित भएर खोल्सीमा खस्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक पर्साको बहुदरमाई नगरपालिका- ६ का अन्दाजी ३५ वर्षीय जयप्रकाश साह रहेका छन्।

 

हाल तनँहुको शुक्लगण्डकी नगरपालिका- ४ मा व्यवसाय गरी बस्ने साह हिजो साँझ साढे ५ बजे दुलेगौडाबाट तनँहु जाँदै गरेको अवस्थामा दुर्घटनामा परेका थिए। ग११प १५११ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खोल्सीमा खसेको ईलाका प्रहरी कार्यालय चिसापानीले जानकारी दिएको छ।

भदौ २१, २०७९ मंगलबार ०९:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।