सिद्धबाबामा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध

काठमाडौं: पाल्पाको तिनाउ गाँउपालिका- ३ सिद्धबाबामा आज बिहान पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ। आज बिहान सवा ४ बजे पहिरो खसेको हो।
हाल पहिरो हटाई सडक खुलाउन थालिएको छ। सडक डिभिजन कार्यालय पाल्पासँग समन्वय भई एउटा डोजरको सहयोगमा पहिरो पन्छाउने कार्य भइरहेको प्रहरी चौकी दोभान पाल्पाले जनाएको छ।
भदौ २१, २०७९ मंगलबार ०९:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।